कोरोना भाइरस (कोभिड–१९) संक्रमण बढिरहँदा नेपाली पत्रकार समेत यसबाट अछुतो छैनन् । महामारीबीच पनि सञ्चारकर्ममा सक्रिय भइराख्नुपर्ने पेशा भएकाले पत्रकार कोरोनाको जोखिममा छन् । कोरोना कहिलेसम्म रहने, कस्तो भेरियन्टमा आउने, कति वर्षसम्म यसको असर रहने यकिन नभइसकेको अवस्थामा हरेक व्यक्तिले रोग प्रतिरोधात्मक क्षमता बढाउनुको विकल्प छैन । सरकारले जारी गरेको स्वास्थ्य सुरक्षा मापदण्डसँगै शारीरिक व्यायाम, स्वस्थ खानपान, योग प्राणायामले शरीरलाई स्वस्थ राख्ने विश्व स्वास्थ्य संगठनको समेत सुझाव छ ।

यसै सन्दर्भमा पतंजलि योग समिति नेपालद्वारा सञ्चालित ‘योग चौतारी’मा देशभरका पत्रकारका लागि जूममार्फत २०७७ वैशाख २२ गतेदेखि ‘पत्रकारका लागि योगाभ्यास तथा सत्संग कार्यक्रम’ सञ्चालन गर्न लागेको हुँदा इच्छुक पत्रकारले तपसिल बमोजिम सहभागिताका लागि अपिल गरिन्छ ।

तपसिल :–
· हरेक दिन बिहान ४:३० बजे जूम माध्यममा प्रवेश भइसक्नुपर्ने र ६ बजेसम्म सक्रिय सहभागिता हुनुपर्ने ।
· बिहानै नित्यकर्म सकेर योगाभ्यास गर्न मिल्ने लचकदार कपडा लगाएर उज्यालो ठाउँमा बस्नुपर्ने ।
· कार्यक्रममा सहभागिताका लागि जूम आईडी ९८५११२४०६५ (पासपोर्ट चाहिँदैन) वा जूम लिंक https://us02web.zoom.us/j/9851124065 प्रयोग गर्न सकिने ।

· थप सोधपुछ र समन्वयका लागि पत्रकार तथा योग शिक्षक गणेशदत्त भट्ट (जी भट्ट) लाई ९८४८७५९५५३ मा सम्पर्क गर्न सकिने ।