नेपाल पत्रकार महासंघ केन्द्रिय समिति र काठमाडौं बबरमहलमा अवस्थित पोलिगन कलेजबीच प्रत्येक वर्ष महासंघले सिफारिश गरेका चार जनालाई पत्रकारिता विषयमा स्नातकोत्तर (मास्टर्स) अध्ययन गर्नका लागि छात्रवृत्ति प्रदान गर्ने सहमती भएको छ ।

उक्त सहमति अनुसार निम्न मापदण्ड पूरा गर्ने पत्रकारहरुलाई छात्रवृत्ति प्रदान गरिने भएकाले इच्छुक महासंघका सदस्य पत्रकारहरुको नाम वैशाख १९ गतेभित्र महासंघ केन्द्रिय समितिमा पठाउनु पर्ने भएकोले १९ गते दिउँसो १२:०० बजेसम्म यस नुवाकोट शाखाका सदस्यहरुलाई सम्पर्क गर्नुहुन आग्रह छ ।

मापदण्ड :

  • इच्छुक विद्यार्थी महिला, दलित, मधेशी, अल्पसंख्यक (तेस्रो लिंगी र मुस्लिमसमेत) वा अन्य सिमान्तकृत समुदायको हुनुपर्नेछ।
  • इच्छुक विद्यार्थीले कुनै पनि विषयमा स्नातक तह (ब्याचलर) उत्तिर्ण गरेको हुनुपर्ने छ भने हाल कुनै पनि विषयमा स्नातकोत्तर तहमा अध्ययन गरिरहेको हुनु हुदैन (यसअघि नै पत्रकारिताबाहेक अन्य विषयमा स्नातकोत्तर अध्ययन गरेका व्यक्ति भने मान्य हुनेछ)।
  • ग्रामिण क्षेत्रका विद्यार्थीहरुलाई प्राथमिकता दिइने छ ।
  • इच्छुक विद्यार्थी महासंघको सदस्य हुनुपर्नेछ ।
  • स्नातकोत्तर कोर्सको जम्मा शुल्क २,३२,८०० मध्ये रु.२,००,००० कलेजले छात्रवृत्ति दिने छ भने बाँकी रकम रु.३२,८०० विद्यार्थी स्वयंले बेहोर्नु पर्नेछ ।