नेपाल पत्रकार महासंघ जिल्ला शाखा नुवाकोटले प्रदान गर्दै आएको सम्मान तथा पुरस्कार अर्पण कार्यक्रम अन्तर्गत २०७६ सालका लागि निम्न कार्यक्रम तय भएकोले तपाईको गरिमामय उपस्थितिका लागि सविनय अनुरोध गर्दछु ।

कार्यक्रमको विवरण :
मिति : २०७६ साल पुस १८ गते शुक्रवार ।
समय : बिहान ११ः०० बजेबाट ।
स्थान : सुखद पाहुना घर, विदुर नुवाकोट ।

प्रमुख अतिथि : नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष गोविन्द आचार्य ।
विशेष अतिथिहरु :
नेपाल पत्रकार महासंघका केन्द्रिय उपाध्यक्ष बिपुल पोखरेल ।
नेपाल पत्रकार महासंघका केन्द्रिय महासचिव रमेश विष्ट ।
नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव रामप्रसाद दाहाल ।
प्रेस संगठन नेपालका संयोजक महेश्वर दाहाल ।
प्रेस संगठन नेपालका सह–संयोजक गणेश बस्नेत ।
प्रेस युनियन नेपालका केन्द्रिय अध्यक्ष बद्री सिग्देल ।
प्रेस युनियन नेपालका केन्द्रिय महासचिव अजयबाबु शिवाकोटी ।
नेपाल पत्रकार महासंघ प्रदेश नं. ३ का अध्यक्ष प्रताप विष्ट ।
नेपाल पत्रकार महासंघ प्रदेश नं. ३ का महासचिव कृष्ण सारु मगर ।

सम्मानित र पुरस्कृत हुने पत्रकारहरुको विवरण :

१. नयाँ रुपरेखा साप्ताहिकका प्रधान सम्पादक माधवप्रसाद खनाल:जिल्लामा धेरै पत्रकार उत्पादन गर्ने सञ्चार गृह/उद्यमी सम्मान–२०७६

२. सुन्दरादेवी सन्देश साप्ताहिकका कार्यकारी सम्पादक किरणप्रसाद अधिकारी : दिर्घसेवा सम्मान–२०७६

३. त्रिशुली खबर साप्ताहिकका सम्पादक नवदीप श्रेष्ठ : स्वर्गिय मोहन विक्रमध्वज जोशी स्मृति पत्रकारिता पुरस्कार–२०७६

४. गोरखापत्र दैनिकका नुवाकोट सम्वाददाता रामहरि गजुरेल : स्वर्गिय रामकृष्ण प्रधान स्मृति पत्रकारिता पुरस्कार–२०७६

५. सगरमाथा टेलिभिजनका समाचार वाचिका बसुधा केसी : महिला पत्रकारिता पुरस्कार–२०७६

कपिलदेव खनाल
अध्यक्ष
नेपाल पत्रकार महासंघ जिल्ला शाखा नुवाकोट